माघ २५, चितवन
कालिका मिडियाले सुरु गरेको बौद्धिक क्षमताको रोमाञ्चकारी खेल “को बन्छ लखपति”को आजको अडिसनबाट ८२ जना स्टुडियो राउन्डका लागि छनोट भएका छन् ।

भरतपुर स्थित अर्किड कलेजमा भएको आजको पहिलो अडिसनवाट ४९ जना स्टुडीयो राउन्डका लागि छनोट भएका छन् । यस्तैे गुरुकुल कलेजमा भएको दोस्रो अडिसनबाट ४३ छनोट भएका छन । यसअघि १८ वटा कलेजमा भएको अडिसनबाट ४ सय ३८ बिद्यार्थी स्टुडियो राउण्डको लागि छनोटमा भइसकेका छन् । अडिसन पछि सजिलैसँग नगद रू १ लाख सम्म जित्न सकिने गरी स्टुडियो राउन्डमा प्रवेश पाइने भएकोले अडिसन राउन्डमा बिद्यार्थीहरुको उत्साहाजनक सहभागिता रहने गरेको छ ।

कार्यक्रमको टाईटल स्पोन्सरमा मेट्स ईन्टरनेशनल रहेको छ भने एसोसियट्स पार्टनरमा एमाहा एफ एस रहेको छ । यसै गरी प्रायोजक तथा सहयोगी संस्थमहरुमा सेन्ट्रल कलेज, कबिलास रिसोर्ट एण्ड फन पार्क, फेसबुक कम्प्युटर सप्लायर्स, परिवर्तन मालिस तेल, न्यु सन्सार टेलरिङ एण्ड सर्टिङ सुटिङ र चितवन साउण्ड सर्भिस रहेका छन् ।

तपाईको प्रतिक्रिया