माघ २५ काठमाडौ । नेपाली लोक गीतसंगीत मा बिगतका बर्षहरु देखि निरन्तर सकृय रहदै आएका लोकप्रिय सर्जक हुन दिपक कडेल । लोकसंगीतको अत्यन्तै उर्वर भुमी धौलागिरी अंचलको बिहु इनारपानीमा बुवा पुर्ण भद्र कंडेल र आमा धनुमया कंडेल को कोखबाट जन्मिएका कडेलका सिर्जनामा लोकसांगीतिक बजारमा आएका थुप्रै गीतहरूले राम्रो चर्चा र लोकपि्रयता बटुली सकेका छ्न् । हिरामोती गीतबाट आफ्नो सांगीतिक यात्रा थालनी गरेका कडेलले हालसम्म ३ दर्जन बढी गीतहरू सिर्जना गरिसका छ्न् भने केही गीतहरू मा आफै अभिनय र निर्देशन समेत गरिसकेका छ्न् ।

हिरा मोति ,कठै मेरो जुनि,टोकियो को रोधि घरैमा ,यस्तै छ बाबा , पैसा, के छ साली बिचार,बाकसैमा लगायत धेरै गीतहरू दर्शक श्रोताले निकै रुचाएका कडेल का सिर्जना हुन । हिजो मात्रै राजधानी मा सम्पन्न नेपाल कै पहिलो समाबेशी म्युजिक अवार्ड नेसनल पावर म्युजिक अवार्ड मा सर्जक दिपक ले सर्बोकृष्ट लोकदोहोरी रचना को म्युजिक अवार्ड हात पार्न सफल भए । परदेश मा बसेर घरदेश सम्झिदै गीत लेख्न आफैमा चुनौतीपूर्ण कुरा हो भनेजस्तो समय मिल्दैन तर पनि फुर्सद को समय मा न सुतेर न खाएर समय बचाएर गीतसंगीत को यात्रा लाई दिएको निरन्तरता को कदर भयो ।

धेरै दर्शक श्रोता ले रुचाइदिनु भएको मेरो सिर्जना यस्तै छ बाबा जुन परदेश को भोगाइ लाई यथार्थ रूपमा गीति शब्दमा उतारेको थिए । प्राप्त अवार्ड ले सांगीतिक यात्रामा लाग्न प्रेरणा र नयाँ उत्कृष्ट सिर्जना गर्ने जिम्मेवारी थपिएको महसुस गरेको छु । कडेलले बताए । कडेलको बाकी सांगीतिक भबिस्य उज्ज्वल रहोस् शुभकामना !

तपाईको प्रतिक्रिया