घरायसी झगडाका कारण गत पौष १२ गते पोखरा १४ चाउथेकी शुशीला कार्की पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भईन् । उनलाई उनकै श्रीमान् रामबहादुर कार्कीले अस्पताल ल्याएका थिए । एक छिमेकीका अनुसार पौष ११ गते राती रुदै शुसीला उनको घरमा गईन् । श्रीमान्ले बारम्बार कुट्ने गरेको, थर्काउने गरेको र आफू मरेमा आफ्ना सन्तानलाई हेरीदिन उनले आग्रह गरेकी थिईन् ।

अस्पतालले प्यालराईसिस भनेर केही समय भर्ना गरेर राख्यो । करिब २० दिन पछि शुशीला हल्का हिड्न सक्ने भईन्, उनलाई थेरापीको लागी स्पर्श आयुवेद अस्पतालमा लगीयो । शुसीलाकी आमा बाटुली पहारीका अनुसार आफूले छोरीलाई खाना खुलाएर घर पुग्दा ज्वाईले छोरी मरेको खबर दिएको बताईन् । गत बिहीबार त्यस्तो अवस्थामा छोडेर आएकी छोरी कसरी एक्कासी मरिन् भन्ने प्रशंगमा उनले श्रीमान् राम बहादुरले अर्की बिहे गर्न घाँटी थिचेर मारेको समेत आरोप लगाईन् ।

शुसीलाको पार्थिव शरिर पोष्टमार्टमको लागी पश्चिमाञ्तल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ र गाउँलेहरुले रिपोर्ट नआई लास नलाने अडान लिएका छन् । गाउँका महिला दिदीबहिनीहरुले अस्पताल नै घेरेका छन् भने रामबहादुरको धेरै महिलाहरुसंग सम्बन्ध रहेकाले अर्को बिहेको लागी आफ्नी श्रीमती मारेको आरोप लगाएका छन् ।
हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया