काठमान्डौ माघ २९ – पछिल्लो समयमा नेपाली गीत संगीतको क्षेत्रमा फरक-फरक स्वाद बजारमा आइरहेका छन् । यस भित्र मानिसलाई खानाको परिकारमा फरक-फरक परिकारको स्वादको आवस्यक परे जस्तै गीत संगीत सुन्नमा पनि फरक-फरक स्वादको आवस्यक पर्ने गर्दछ । सोहि क्रममा तामाङ सेलोका अनुरागीहरुका लागि  गायिका वसन्ती लामाको स्वरमा नयाँ तामाङ सेलो ‘नक्कली कान्छी’  सार्वजनिक भएको छ। ‘नक्कली कान्छी’ बोलको सेलो गीतमा वसन्ती लामालाई बाबुल गिरीले स्वरमा साथ दिएका छन् ।

गायक बाबुल गिरीको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई कोरियोग्राफी भारुण तामाङ र शरुती तामाङले गरेका छन् भने नबिन धितालले भिडियो छायांकन तथा सम्पादन गरेका छन् । हाईलाइट नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको यस गीतको म्युजिक भिडियोमा शरुती तामाङ र उमंग तामाङको दमदार अभिनय देख्न सकिन्छ छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया