काठमाण्डौ माघ २८ – नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक-फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक रक्षा म्युजिक प्रालीको प्रस्तुतीमा अत्यन्त मार्मिक लोकदोहोरी गीत घातको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक हरि बहादुर काफले मगर र गायिका सुमित्रा राना मगरको सुमधुर स्वर सुन्न सकिन्छ । आफुलाई प्राण भन्दा प्यारो तरिकाले माया गर्ने मायालुले अर्कोलाई खुशी पार्न थालेपछीको वियोगान्त प्रेम भावमा रहेको यस गीतलाई सविता सुनारले शब्द लेखेकी हुन् भने तिर्थ विक्रम पाख्रिनको लय सिर्जना रहेको छ ।

सुमित्रा राना मगर र सबिता सुनुवारको संयुक्त प्रस्तुतिमा बजारमा आएको यस गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले छायाँकन , दिपक विष्टले सम्पादन , काजिश श्रेष्ठले निर्देशन गरेका छन्  । “घात” बोलको गीतमा सारिका केसी, युनिक समिर, विकी र संगीताको अभिनय रहेको छ । हामी यस गीत संग समबन्धित सम्पूर्ण कलाकारहरुमा  सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया