काठमाडौ । ‘सोसल मिडिया फिल्म अवार्ड २०७५’ अन्तर्गत विभिन्न १२ विधाका विजेताहरुलाई काठमाडौंमा एक समारोहबीच अवार्ड वितरण गरिएको छ । ड्रिम वल्र्ड फिल्म मेकर्सको आयोजनामा छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका उत्कृष्ट संघसंस्था वा व्यक्तिलाई अवार्ड प्रदान गरिएको हो ।

फिल्म निर्देशक संगीता श्रेष्ठ, ब्लगर तथा सम्पादक केपी ढुङ्गाना र फिल्म सम्पादक, एनिमेटर करुण थापा अवार्डका निर्णायक रहेका समारोहमा पब्लीक च्वाईस अवार्ड एबीसी टेलिभिजनकी समाचार बाचिका तथा कार्यक्रम प्रस्तोता सचिता बुढाथोकीले प्राप्त गरेकी छन । सार्वजनिक यातायातमा यात्रुहरुको समस्या र जोखिमलाई दर्शक श्रोताहरुले सर्वाधिक मनपराएका थिए । सामाजिक सञ्जालमा उक्त भिडियो अत्याधिक रुचाईनुका साथै छोटो समयमा ५० हजार भन्दा माथिले हेरेका थिए । सो भिडियोमा सार्वजनिक यातायातमा पछिल्लो समय बढ्दै गएको हिंसा , बिकृति र समस्यालाई उठान गरिएको छ । विशेषगरी सार्वजनिक यातायातमा महिला यात्रुहरुको डर , त्रास र जोखिमलाई दर्शक श्रोताले बढीमात्रामा मन पराएका थिए ।

सर्वोत्कृष्ट लघु चलचित्रको निर्देशक अनिरु दवाडी बने भने सर्वोत्कृष्ट डकुमेन्ट्री ‘जोगी’ र लघु चलचित्रतर्फ ‘अलिखित’ सर्बोत्कृष्ट घोषित भयो । त्यस्तैगरी उत्कृष्ट सर्ट फिल्मतर्फको सम्पादकबाट ‘पुन्टेको पांग्रो’का मुकेश चौधरी र युवराज खनाल साथै उत्कृष्ट सिनेमेट्रोगाफरबाट विकल थापाले अवार्ड उचाले । त्यस्तै उत्कृष्ट सर्ट फिल्म ध्वनीतर्फ ‘पुन्टेको पांग्रो’कै विनय अधिकारी सफल भए । उत्कृष्ट सर्ट फिल्म अभिनेतातर्फ अनिशजंग थापा र निमेष श्रेष्ठ साथै अभिनेत्री स्मृति न्यौपाने अवार्ड जिते । समारोहमा उत्कृष्ट फेसबुक भिडियोको अवार्ड फन रिभोलुसन टिभीका निमेष श्रेष्ठ र उत्कृष्ट ट्रोलको अवार्ड ट्रोल फुटबल नेपालले प्राप्त र्गयो ।

कार्यक्रममा प्रथम नेपाली अभिनेत्री भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुषाल, निर्देशक आकाश अधिकारीलयगातको उपस्थिती थियो । निर्णायक मण्डलले कार्यक्रममा जुरी अवार्डबाट ‘बोकाहरु’ टिमलाई सम्मान गरे । समारोहमा ‘सोसल मिडिया रङ्ग पत्रकारिता सम्मान’ कुवेर गिरीलाई प्रदान गरियो । त्यस्तै, ‘सोसल मिडिया चलचित्रकर्मी सम्मान’बाट संगीता श्रेष्ठ सम्मानित भका थिए । छोटो समयको चलचित्र निर्माण गर्ने व्यक्ति एवम संस्थाहरुलाई हौसला र अवसर दिई उनीहरुको सृजनालाई सम्मान स्वरुप जनमानस माझ ल्याउन यस्तो अवार्डको प्रतिस्पर्धा सुरु गरिएको ‘ड्रिम वोल्ड अफ फिल्म मेकर्स’ का अध्यक्ष एवम निर्देशक सबनम मुखियाले बताइन् ।

 

तपाईको प्रतिक्रिया