२५ बर्ष पुरानो नेपालको सांगीतिक समुह ‘मंगोलियन हर्ट’का गायक राजु लामाको नयाँ गीत “सैलुङ पोङ्दी” को म्युजिक भिडियो सार्वजनिक भएको छ। हस्त लामा ‘हार्दिक’को शब्द र बिशाल कल्तन संगीत रहेको गीतको म्युजिकमा राजु लामा आफैले अभिनय गरेका छन भने उनलाई मिना तामाङले साथ दिएकी छिन । छेवाङ लामाको निर्देशनमा बनेको “सैलुङ पोङ्दी”को म्युजिक भिडियोमा दाजु भाई कम्पनीको छायाँकन र बिजेश पौडेलको सम्पादन रहेको छ भिडियोलाई कर्मा धुन्डुप योन्जनले निर्माण गरेका हुन ।
‘मंगोलियन हर्ट’ अहिले आफ्नो २५ बर्षको रजत जयन्ती मनाउन स्वदेश तथा बिदेशमा आफ्नो प्रस्तुतिमा ब्यस्त रहेको र रजत जयन्ती को अवसरमा २५ ठाउमा गरिने सांगीतिक कन्सर्ट मध्य अहिले सम्म १२ वटा सकिसकेको र बाँकि १३ वटा प्रस्तुतिहरु छिट्टैनै तय गरिने मेनेजर बबि लामाले जानकारी दिनुभयो
भिडियो हेर्न तलको लिंक हेर्नुहोला ।

तपाईको प्रतिक्रिया