एजेन्सी । टिभी सीरियल ‘साथ निभाना साथिया’ की अभिनेत्री लभलीन कौर सासनले आफ्नो लामो समयदेखिका प्रेमी कोशिक कृष्णमूर्तिसँग बिहे गरेकी छन् ।

दुई रीति रिवाजअनुसार बिहे सम्पन्न भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुबैले बसन्त पञ्चमीका दिन अमृतसरमा बिहेको लगनगाँठो कसेका हुन् । यसपछि बेंगलरुमा साउथ इण्यिन रीति रिवाजअनुसार बिहे भयो । स्मरण रहोस दुबै लामो सयमदेखि रिलेसनसिपमा थिए ।

बिहेसँग सम्बन्धित केही तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । बेहुली बनेकी लभलीन लाइट पिंक र सिल्भर कलरको लंहगामा सजिएकी छन् । उनले लहंगासँगै ह्याभी नेकलेस, इयरिंग, माग टीका र रातो रंगको जूडासमेत क्यारी गरेकी छन् ।

उता बेहुलाले क्रीम कल।रको शेरवानी लगाएका छन् । यो जोडीले देश बाहिर बिहे गर्ने सोँच बनाए पनि त्यो सफल हुन सकेन । अभिभावकको पार्सपोर्ट नभएकाले उनीहरुे विदेशमा बिहे नगरेको बताइएको छ ।

लभलीनले बडे अच्छे लगते है, कितनी मोहब्बत है, सावधान इंडिया, क्या हुवा तेरा वादा कैसा ये इश्क जस्ता टिभी सीरियलमा काम गरेकी छन् ।

तपाईको प्रतिक्रिया