काठमाण्डौ,२९ माघ-पछिल्लो समय नेपाली लोक गीतसंगीतको क्षेत्र निकै फराकिलो बन्दै गहिरहेको छ । देश तथा बिदेश मा बस्ने सम्पूर्ण नेपालीहरुले लोकगीतलाइ दिने मायाले लोकदोहोरी गीत सिर्जना र उत्पादन मा पनि नयाँ तथा पुराना सबै कलाकार सर्जक लाई उत्तिकै हौसला मिलेको पाइन्छ । यसै क्रममा समाजका बिबिध बिषयहरू माथी कलम चलाउने सर्जक दिपक कंडेलले परदेशी भुमीमा रहेर पनि आफ्नो जन्मभुमीको पहिचान बोकेका गीत संगित सिर्जना गर्ने क्रम निरंतरता छ ।

भर्खरै मात्र उनै कंडेलको उत्कृष्ट सृजना रहेको गीत सार्बजनिक भएको छ । सर्जक कंडेलको उत्कृष्ट शब्द सिर्जना,नरेश खाती क्षेत्रीको लय र गायिका पुर्णकला बि सी र नरेश खातीको सुमधुर आवाज रहेको पञ्चेबाजा गीत “म त हजुर बागलुङे…’ सार्बजनिक भएको हो । मौसम हिमालीको निर्देशन,करण चैसिरको छायाँकन,नरेश खाती क्षेत्री र करिश्मा ढकालको उत्कृष्ट नृत्य तथा अभिनय रहेको उक्त भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन भने दिपीका म्यूजिक प्रा.ली.ले बजार ब्यबस्थापन गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया