राजु बोहरा–काठमाडौँ । फरक फरक सांगीतिक स्वाद दिने क्रममा पछिल्लो समय गोर्खा चौतारी म्युजिक प्रालिले मिन गुरुङको बा”टो मुनिको फुल” बोलको गीत बजारमा ल्याएको छ ।  प्रणय दिवसको अवसर परेर बजारमा ल्याइएको यस गीतमा अहिलेकी बहुचर्चित गायिका बिष्णु माझी, राजकुमार बानिया र मिन गुरुंगको सुमधुर स्वर सुन्न सकिन्छ ।  प्रस्तुत गीतलाई लय राजकुमार बानियाले तयार पारेका हुन् भने शब्द गोर्खा चौतारी म्युजिक प्रालिका प्रबन्ध निर्देशक, मोडल एवं सर्जक सुनिल लामिछानेले भरेका छन् ।

गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ ।  भिडियोमा सुनिल लामिछाने आफै देखा परेका छन् भने उनलाई सारिका के.सी को पनि अभिनयमा साथ मिलेको छ ।  उनीहरु द्वयको अभिनयले गीतलाई न्याय गरेको बुझ्न सकिन्छ ।  अशोक बि.क को निर्देशनमा तयार भएको भिडियोलाई छायांकन अजय रेग्मीले गरेका हुन् भने सम्पादन मिलन बि.क ले गरेका छन् ।

भिडियो ह्हेरना तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया