आर पोखरेल, काठमाडौँ ,
युबा सर्जक धर्मराज सुबेदी घायलको लोकदोहोरी गीत .”सगँ सगैँ रमाउला “ को भिडियो सार्वजनिक भएको छ । उक्त गितमा मुक्तीनाथ उप्रेती र कल्पना ढुङगानाको आवाज रहेको छ भने मनोज आचार्यको लय रहेको छ। हेटौंडा पालुङ दामनमा घुम्न जाने मायालु जोडिको कथालाई उक्त गितमा समेटिएको छ भने प्रेमका भावहरुलाई गीतमा निकै चोटिलो तरिकाबाट प्रस्तुत गरिएको छ । आफनी मायालुलाई भगाएर मायाको सपना भित्र सजाउनका लागी राजेश निकै हतारिएका छन । प्रकाश खड्काको छायाँकन , लक्ष्मण चौहानको सम्पादन तथा विक्रम चौहानको निर्देशन रहेको छ । ”सगँ सगैँ रमाउला “ गीतमा मौलिक तरिकाबाट तयार पारिएको छ । गीतमा चन्द्र तामाङ, सेन्जी ब्लोन राजेश विक र गीता बुढाथोकीको अभिनय निकै लोभ लाग्दो रहेको छ भने उक्त गित गोर्खा चौतारी म्युजिक प्राली मार्फत सार्बजनिक गरिएको छ।
( भिडियो हेर्नुहोस ।)

तपाईको प्रतिक्रिया