राजु बोहरा–काठमाडौँ । बिगत केहि बर्ष अगाडी नै बैबाहिक बन्धनमा बाधिएका गायक तथा सर्जक राजेन्द्र सुबेदी पुनः बैबाहिक बन्धनमा बाधिएका छन् । गायिका मिना अधिकारी संगको बैबाहिक जिबन प्रगाढ रहेता पनि उनले एक गीतको म्युजिक भिडियोमा बेहुला बनेर सबैलाई अन्यौल बनाएका छन् । तर पनि गायक तथा सर्जक राजेन्द्रले यो काल्पनिक कथा भित्रको भूमिका रहेकोले कोहि पनि नझुक्कीन अनुरोध गरेका छन् ।

उनले किरण मानिकेको पन्चेबाजा द्वारा सुसजित गीत “आटम भो माया” बोलको गीतमा अभिनय गरेका हुन् यस गीतमा किरण मानिके र राजेन्द्र कै अर्धांगिनी मिना अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतलाई लय तथा संगीत संयोजन राजेन्द्र सुबेदीले नै गरेका छन् भने शब्द किरण मानिकेको रहेको छ । गायिका मिना अधिकारी बिगत निकै लामो समय यता नेपाली लोक सांगीतिक क्षेत्रमा क्रियासिल रहेकी छिन् । उनको बिशेष परिचय प्रतियोगी गायिकाको रुपमा पनि रहेको छ । अब हेर्न बाँकी छ, उनि द्वारा स्वर बद्ध यस गीतले कत्तिको चर्चा पाउने हो ।

“आटम भो माया” बोलको गीतको म्युजिक भिडियोमा राजेन्द्र सुबेदी संगै शंकर बि.सी र रिचा थापाको पनि अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन एकेन्द्र सारा शंकरले गरेका हुन् भने छायांकन  राजेश घिमिरे र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया