काठमान्डौ फागुन ४ – अहिलेका चर्चित गायक तथा सर्जक गायक अमृत खातीले हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड-२०१९ मा उत्कृष्ट गायकको अवार्ड प्राप्त सफल भएका छन् । हिमालयन इभेन्टस प्रा.लि.र जन सवाल राष्ट्रिय दैनिकको संयुक्त अयोजनामा वेस्ट्रन प्लस होटेल दोहा, कतारमा सम्पन्न गरेको कार्यक्रममा विषम गौतमको शब्द सिर्जु अधिकारीको सङ्गीतमा रहेको झुम्के बुलाकी (ओ के छ त-२) बाट गायक खातीले उत्कृष्ट गायकको अवार्ड हात पारेका हुन ।

त्यसैगरि गायिका स्मृती गौतमले घर त ठिमी बोलको गित बाट उत्कृष्ट गायिकाको अवार्ड चुमेकी छिन् । कतारका लागि नेपाली राजदुतको प्रमुख आतिथ्ततामा सम्पन्न उक्त अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्डमा रन्जित परियार, सरस्वती लामा, भुमिका गिरि , शोभा त्रिपाठी,न वीन पौडेल , दावा फिन्जो लामा लगायतका कलाकार हरुले पनि अवार्ड हात पार्न सफल भएका छन् ।

तपाईको प्रतिक्रिया