राजु बोहरा–काठमाडौँ । लोप हुँदै गएको मौलिकतालाई माया गर्ने हेमन्त कान्छा रसाइलीले फेरि अर्को नया कर्खा भाका लियर आएका छन् । हेमन्तले सारङ्गी र मादलको मिठासता भित्र लिएर आएका उक्त गीत “कर्मै हाराको” बोलको रहेको छ । यस  गीतमा शब्द सपना रसाइलीले तयार पारेकी छिन् ।  गीतलाई रेकर्डिङ ध्वनी मिस्रन अनि भिडियोको काम बिक्रम काउछा मगरले गरेका छन् । भिडियो सम्पादन हुम गैरे ले गरेका छन् ।

निकै मनछुने भावलहरीमा तयार भएको हेमन्त कान्छा रसाइली द्वारा लय बद्ध यो “कर्मै हाराको” बोलको गीतको म्युजिक भिडियो सरल ढंगबाट तयार पारिएको छ । भिडियोमा हेमन्त कान्छा रसाइली र पोषण घर्ति मगर देखिएका छन् । हामी सारंगी बादक तथा गायक हेमन्त कान्छा रसाइलीको पहिले जस्तै यस गीतको पनि सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया