काठमाडौं – गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो ।उक्त गीत युट्युबबाट हटाउन लगाइनु लोकतन्त्रमाथिको प्रहार भएको विवेकशील नेपाली पार्टीले बताएको छ । विवेकशील नेपाली पार्टीका प्रवक्ता मिलन पाण्डेले आइतवार एक प्रेस वक्तब्य जारी गर्दै सत्तासीन दलका नेता कार्यकर्ताको दबाबमा शर्मालाई उक्त गीत युट्युबबाट हटाउन लगाइएको बताएका छन् ।साथै उनले उक्त गीत युट्युबबाट हटाउन लगाइएकोमा विरोध जनाएका छन् ।

त्यस्तै विवेकशीलले उक्त गीतलाइ सार्वजनिकरूपमा बजाएर, सामाजिक सञ्जालमा राखेर लोकतन्त्रप्रति भएको प्रहारको विरोध गर्नसमेत अपिल गरेको छ। पार्टीका प्रवक्ता मिलन पाण्डेले भनेका छन्, नेपालको संविधान, २०७२ को धारा १७ ले समेत विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ।उनले विवेकशीलले संविधानभित्र बसेर गरिने अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु आफूहरुको जिम्मेवारी रहेको पनि उल्लेख गरेक छ । पाण्डेले उक्त गीत हटाउन लगाइएको विषयप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यान आकर्षण भएको बताएका छन् । ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइँदैन नेपालमै हो छुट‍।।’ सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले यही विषयलाई गीतको मूल विषय बनाएका थिए ।

तपाईको प्रतिक्रिया