एजेन्सी – बलिउड महानायक अमिताभ बच्चनले जम्मू काश्मिरको पुलवामा भएको आत्मघाती हमलामा मारिएका सेनाका परिवारलाई आर्थिक सहयोग गर्ने भएका छन् ।महानायक अमिताभ बच्चनले आत्मघाती हमलामा मारिएका केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ)का जवानका परिवारलाई सहयोग गर्ने भएका हुन् ।

भारतिय मिडियाका अनुसार उनले सेनाका परिवारलाई २.४५ करोड भारतीय रुपैयाँ सहयोग गर्ने बताएका हुन् ।मानकारी अमिताभ बच्चनले सैनिक परिवारलाई पाँच–पाँच लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।अमिताभले गएको वर्ष पनि शहीद भएका ४४ जवानका परिवारलाई एक करोड भारतीय रुपैयाँ सहयोग गरेका थिए

तपाईको प्रतिक्रिया