काठमाडौँ । चर्चित माता सविता सरु शर्मा आचार्यले करेन्ट लागेर दुवै हात गुमाएकी मेघना घिमिरेलाई आर्थिक सहयोग गरेकी छिन् । आफ्नो घरमा नै पत्रकार सम्मेलनको आयोजना गर्दै सरु माताले ७ हजार ५ रुपैयाँ सहयोग सहित आर्शिवाद दिएकी हुन् । सो अवसरमा सरु माताले यसरी नै सबैले मेघनालाई सहयोग गर्न सकेको खण्डमा उनका हात छिट्टै जोडीने बताइन् ।

सरु माताले मेघनाको भविष्यवाणी गर्दै उनका हात जोडीने र उनले एकल जीवन बिताउनु नपर्ने बारे पनि रहस्यो खोलीन् । भनिन् बैनीको योग्य पुरुषसँग विबाह हुन्छ चिन्ता नर्गनुहोला । सो अवसरमा गण्डकी प्रदेशका नेपाल ज्योतिष परिषदका महासचिव कमल पौडलले मेघनालाई रु २ हजार आर्थिक सहयोग गर्दै हिम्मत नर्हान आग्रह गरे । तपाई पनि मेघनालाई सहयोग गर्न चाहानुहुन्छ भने उनको आफ्नै खाता (राष्ट्रिय वार्णिज्य बैँक २६१००००२३६०४) बिराटनगर शाखामा सहयोग गर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया