राजु बोहरा–काठमाडौँ । कथाफेस्ट नयाँ र रचनात्मक कलाकारहरुलाई प्राथमिकता दिने एक अन्तरास्ट्रिय चित्र र चलचित्र महोत्सब यहि फागुन १७ र १८ गते काठमाडौको बबर महल स्थित रिभिजिटेडमा हुने भएको छ । नयाँ पुस्ताको कथा र बिचारलाई कलात्मक रुपमा प्रस्तुत गर्ने मुख्य उदेस्यले कथाफेस्ट सकेसम्म धेरै दर्शकको सामु यी युवा कलाकारको प्रतिभा प्रदर्शन गर्ने कार्यमा सक्रिय रहेको भन्दै आज काठमाण्डौ बबर महलमा अवस्थित मार्टिन चौतारीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।

उक्त पत्रकार सम्मेलनमा यो समाबेसी महोत्सब अन्तरास्ट्रिय आवेदन दर्शकका लागि पनि खुल्ला गरिएको जानकारी प्राप्त छ । नयाँ र महत्वकांशि निर्माताहरुलाई बढी प्राथमिकता दिएको यो कार्यक्रमले २१ बर्ष भन्दा कम उमेरकालाई आफुले खिचेको सर्वात्तम चित्र र ३० बर्ष भन्दा कम उमेरका लागि आफ्नो सर्वात्तम चलचित्र पठाउन आह्वान गरेको छ । २२०० भन्दा बढी चलचित्रहरु फिल्म फ्रिवे मार्फत कथा फेस्टले पाएको छ र ति अहिले परिक्षण हुँदै छन् ।

देश भरिबाट प्राप्त गरिएका तस्बिर पनि चित्र प्रतियोगिताका लागि परिक्षण हुने क्रममा रहेको छ । सर्वश्रेष्ठ २५ फोटोग्राफर लाई काठमाण्डौ बोलाएर बिषय र ठाउँ तोकी २५ मिनेटमा खिच्न लगाई उक्त फोटो कै आधारमा  विजयता घोसणा गरिने कुरा पनि सार्बजनिक गरिएको छ ।कथाफेस्ट आयोजकको अनुसार माथि उल्लेखित दुई भागमा विभाजित प्रतियोगिता नेपाल कै प्रथम भएको दाबि रहेको छ । त्यसैले पनि यो महोत्सव उत्कृष्ट हुनेमा आयोजक ढुक्क रहेको छ ।

कार्यक्रम दुई दिनको हुने र दुई दिन भित्र चित्र प्रदर्शन र चलचित्रको स्क्रिनिंग गरिनेछ । कार्यक्रमको दुई दिने अबधि भित्र दिनको चार-चार पटक गरेर सर्वश्रेष्ठ चलचित्रहरु आठ पटक देखाइनेछ भने पच्चीस उत्तम तस्बिरको पनि प्रदर्शन हुने भएको छ । पहिले नै फोटोग्राफर संग सम्झौता गरिए अनुसार कुनै तस्बिरहरु खरिद गर्न पनि सकिने कुरा अन्तरास्ट्रिय चित्र र चलचित्र महोत्सब आयोजक कथाफेस्टले आज सम्पन्न पत्रकार सम्मेलनमा जानकारी गराएको छ । यसैलाई मध्यनजर राख्दै अन्तिम दिनको साँझ बिभिन्न क्षेत्रअन्तर्गत विजयतालाई पुरस्कार स्वरूप रकम हस्तान्तरण गरिने भएको छ ।

महोत्सबको निर्णायक मण्डलमा श्री राजभाई सुवाल, (तस्बिर परिक्षण) र श्री साम्तेन भुटिया, श्री अभिनास बिक्रम शाह, र चलचित्र आलोचक समाज (चलचित्र परिक्षण) रहेका छन् । कार्यक्रमबाट उठेको रकम एम्बुलेन्स स्कुलको सहयोग संगै कथाफेस्टले गाउँका बिद्यालयमा पढ्ने कक्षा ८ देखि १० सम्मका बिध्यार्थीहरुलाई चलचित्र र फोटोग्राफीमा सिप बिकाश गर्न प्रसिक्षण दिने छ । कथाफेस्टले नेपालका सात गाउँमा क्यामेरा र अन्य सामाग्री पनि प्रदान गर्ने कुरा आज सम्पन्न पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया