नेपाली शिक्षण पेशामा बिगत लामो समय देखि लागिरहेका सफल प्रोफेसर बिनोद यादव अब भने नेपाली सांगीतिक छेत्रमा पनि तरंगित हुदै छन ।यादव यति बेला नेपालका विभिन्न शिक्षण संस्थामा सफल रुपमा अध्यापन र त्यसको संचालन गरिरहेका छन् । “मिठो छ तिम्रो बोली ” बोलको गीत मार्फत गायन क्षेत्रमा होमिएका प्रोफेसर यादवको गीतमा माया र प्रेमको भावनाले भरिएको छ । यादवको नै शब्द, र संगीत रहेको गीत “मिठो छ तिम्रो बोली “को भिडियोमा समेत उनि आफै देखिएका छन् ।राजन इशानको संगीत संयोजन रहेको गीत निकै सुमधुर बनेको छ ।नायिका जेबिका कार्की संगको उनको रोमान्स पर्दामा उतार्ने काम भने निर्देशक दिपेन्द्र केसीले गरेका छन् । गायक बिनोद कै आफ्नो यु ट्युब च्यानलमा यो म्युजिक भिडियोलाई देख्न सकिनेछ । सार्बजनिक गीत “मिठो छ तिम्रो बोली ” भिडियोमा शिवराम श्रेष्ठको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

http://https://www.youtube.com/watch?v=DfLmqvxXqsU

तपाईको प्रतिक्रिया