काठमाडौ । गायिका मेलिना राइको आवाजमा ‘फेरि नाता ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केबी मल्लले लेखेको यस गीतलाइ दिपेन्द्र थिङले संगीत भरेका छन् । गीतमा सुमन केसीको एरेन्ज रहेको छ भने भिडियोलाई मन्दिप रानाले निर्देशन गरेका छन् ।

‘फेरि नाता’ बोलको म्युजिक भिडियोमा गणेश राउत र पार्वती बस्नेतले अभिनय गरेका छन् । गणेशको यो पहिलो म्युजिक भिडियो हो । यस म्युजिक भिडियोका निर्देशक मन्दिप भन्छन् कलाकाहरुले राम्रो अभिनय गर्नु भएको छ । नायकका लागी लायक भएका का।ण मैले गणेश राउतलाई अभिनयमा डेवयु गराएको हुँ । ओ आए आर बाट भिडियोलाई अपलोड गरिएको छ भने यस गीतको म्युजिक भिडियोलाई पपुलर फिल्मस् प्रालीले बजार व्यवस्थापन गरेको छ ।

तपाईको प्रतिक्रिया