पछिल्लो समय नेपालमा पनि हिजोआज जनावरप्रेमीहरू बढ्दैछन । त्यसमा पनि कुकुरप्रेमीहरू त प्रशस्तै छन् । यसै सन्दर्भमा ‘नेपाल पिजन फार्म’को मुख्य प्रयोजन र अनि ‘के नाइन डग ट्रेनिङ एण्ड केयर’,बुलेट डग ब्रेडेर,र ‘पावसटिभ पेट सोलुसन’ले सयुक्त रुपमा नवौ डग शो आयोजना गर्ने भएका छ  । पर्सि फाल्गुन ११ गते शनिबार जावलाखेल चोक स्थित फुटबल मैदानमा हुने उक्त नवौ ग्राण्ड डग शो मा काठमाडौं, ललितपुर,पोखरा ,धरान लगायत नेपालभरबाट र भारतबाट समेत गरि करिब २०० वटा कुकुरहरू आ-आफ्नो प्रस्तुका लागि आउने आयोजकले जनाएका छन।
यसअघि पहिलो डग शो सन् २००५ र दोस्रो डग शो सन् २०११ मा हुदै गत साल पनि आठौ ग्राण्ड डग शो आयोजना गरिएको थियो । यस्तो किसिमका डग शो हरुबाट कुकुरहरूलाई चाहिने खाना, एसेसरिज, ट्रेनिङ आदिका सम्बन्धमा जानकारी प्राप्त हुने र कुकुरलाई माया गर्नेहरूलाई एकै ठाउँमा समेट्ने हिसाबले यस्तो शो गरिएको आयोजक ‘के नाइन डग ट्रेनिङ एण्ड केयर’का प्रमुख प्रबिण बज्राचार्य र बुलेट डग ब्रेडेरका स्टिभ जोशीले बताए । उक्त इभेट्सवाट उठेको रकमको केहि प्रतिसत सडकका कुकरहरुको हेरबिचार गर्ने सस्थालाइ प्रदान गरिने पनि गायक समेत रहेका प्रबिण बज्राचार्यको भनाइ छ ।

तपाईको प्रतिक्रिया