काठमाडौँ- अभिनेत्री बर्षा शिवाकोटीले अहिले निकै तनाव झेल्नु परेको छ । उनलाई आफूले खेलेको फिल्म चल्छ कि चल्दैन भन्ने कुराले भने यो तनाव भएको होइन । हालै ती वर्षा अर्थात् वर्षा राउतले संजोक कोइरालासँग बिहे गरेपछि यी वर्षालाई तनाव भएको हो । यो खबर शुक्रबार साप्ताहिकमा प्रकाशित छ ।

फिल्म ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनी तनावमा परेकी हुन् । वर्षा राउतले घरबार बसाइसकिन्, तपाईले कहिले बसाउने हो भन्ने पत्रकारको प्रश्नमा आफूलाई अहिलेसम्म विहेको प्रस्ताब नआएको बताएर पन्छिइन् ।यती सुन्दर अभिनेत्रीलाई अहिलेसम्म प्रस्ताव किन नआएको होला भनेर जवाफ सुन्ने सबै चकित परे ।

‘बिहे त गर्ने नै हो, तर मैले बिहे गर्न कसैको प्रस्ताव पनि त आउनु प¥यो नि ! बिहेका लागि केटा पाएको छैन । तपाइहरुनै खोजिदिनुस् न बरु’ उनले उल्टै पत्रकारलाई लमी बन्न प्रस्ताव राखिदिइन् ।यसपछि पत्रकार वृत्तमा वर्षाको ब्बईफ्रेण्ड खोज्ने होडबाजी चल्यो, एकैछिन् । वर्षाको चत्यु¥याँई पनि मान्नै पर्छ, केटा खोज्ने जिम्मा नै पत्रकारलाई लगाइसकेपछि उनका बारेमा पत्रकारलाई के को खसखस ?

तपाईको प्रतिक्रिया