एजेन्सी । युरोपकै ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत भएको खेलमा क्रिस्टियानो रोनाल्डोले कैयौँ कोशिस गर्दा पनि अन्तत रोनाल्डोको युभेन्टस एट्लेटिको मड्रिडसँग २-० ले हारेको छ। एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा पहिलो हाफ भने ०(० को स्कोरमा अन्त्य भएको थियो। एट्लेटिकोको जितका लागी जिमिनेज र गोडिनले एक–एक गोल गरे भने युभेन्ट्सका लागी रोानालेले गरेका कैयौँ कोशिसहरु खेर गए ।

खेलको ७१ औं मिनेटमा युभेन्टसले गोल गरे पनि भिडियो एसिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएन । तर ७८ औं मिनेटमा एट्लेटिकोले खेलमा अग्रता बनायो । जोस जिमिनेजले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएको केही मिनेटमा नै एट्लेटिकोले अग्रता दोब्बर पार्यो । अन्तत जित दर्ता गर्यो । र पनि युभेन्ट्स र रोनाल्डोको कोशिस भने जारी नै थियो । दुई गोलले पछि परेको युभेन्टसले त्यसपछि पनि तीन वटा मौका पाएको थियो । दुवै टोलीले गोल गर्ने केहि सुन्दर मौका बनाएपनि सदुपयोग गर्न सकेनन् र खेल गोल रहित बराबरीमा सकियो।

तपाईको प्रतिक्रिया