फाल्गुन ९, विहीबार ।

केहि समय अघि एपिक नेपालको म्युजिक अवार्ड पाउन सफल गितकार शारदा मरासिनी सरुको लय शब्दमा सपना विश्वकर्माको उत्कृष्ट रोईला गित जता पनि ठिक पार्छौ बजारमा आएको छ ।सप्तक डिजीटल प्रालीले बजारमा लिएर आएको गितमा चर्चित गायक सुमन परियार र सपना विश्वकर्माको स्वर रहेको छ । गितमा अहिलेको मायां जता पनि ठिक पार्ने खालको र विश्वास गर्न कठिन भएको भाव व्यक्त गरिएको छ ।गित सगै गितको भिडीयो पनि उत्कृष्ट बनेको छ । गितलाई व्यस्त निर्देशक मदन खडकाले निर्देशन गरेका छन भने गितको भिडीयोमा मदन खडका , सुनिता विश्वकर्मा,रन्जना सुनारको अभिनय एवम नृत्य देख्न सकिन्छ । गितको पक्ष राम्रो बनाउने कोसिस गरिएको र गितले सफलता पाउनेमा सोहि गितको गितकार एवम संगितकार सरु आशाबादी रहेकी छन ।गित सफल होस हाम्रो तर्फबाट शुभकामना ।।

तपाईको प्रतिक्रिया