एजेन्सी । भारतीय फिल्म उद्योगका पहिलो मेगास्टार भनिएका दिलीप कुमार हालका दिनमा सम्पत्ती विवाद र स्वास्थ्यका कारण समस्यामा छन् । तर, कुनै बेला उनको नाममा बलिउड दिवाना थियो ।

अमिताभ बच्चदेखि शाहरुख खान जस्ता सुपर स्टार पनि दिलीप कुमारलाई आफ्नो आदर्श मान्छन् । ट्र्याजेडी किंगका नामले परिचित दिलीप कुमारको अभियन भारतमा मात्र होइन हलिउडमा पनि चर्चित थियो । हलिउडमा दिलीप कुमारसँग प्रभावित हुने मध्येका एक थियो डाइरेक्टर डेभिड लीन ।

खासमा डेभिड लीनले आफ्नो चौथो बिहे भारतको हैदरावादकी लीला वेलिंगरसँग गरेका थिए । उनी भारतीय फिल्मका शौखिन थिए । लीलाका कारण हिन्दी फिल्मा उनको रुची बढेको थियो ।

डेभिड फिल्म ‘द ब्रिज अन द रिभर क्वाई’को निर्देशन गरेर हलिउडमा स्थापित भइसकेका थिए । उनले यो फिल्मबाट ७ विधामा ओस्कार पनि जितेका थिए । उनी नयाँ फिल्म लरेन्स अफ अरेबियाका लागि कास्टिंगको खोजीमा थिए

। उनी यस फिल्मको शेरीफ अलीको भूमिकाका लागि कुनै यूरोपियन अभिनेतालाई लिन चाहन्थेनन् ।

उनी यस भूमिकाका लागि भारतीय उपमहाद्विपको कुनै दमदार अभिनेताको खोजीमा थिए । यसैका लागि उनी दिलीप कुमारसम्म पुगे । किनकी हिन्दी फिल्ममा रुची भएका कारण उनी दिलीप कुमारको अभिनयसँग परिचित थिए ।

ओस्कार विजेता डाइरेक्टरसँग काम गर्न जोकोही पनि तयार हुने अवस्था थियो । तर दिलीप कुमारले प्रिन्स अलीको भूमिका अस्वीकार गरिदिए । दिलीप कुमारलाई हलिउड खासै आकर्षक थिएन ।

एक रिपोर्टका अनुसार उनले आफ्नो अटोबायोग्राफीमा यस फिल्मबारे धेरै लेखेका छैनन् । तर, उनले डेभिडको यो जादुगरी फिल्ममा यसका कारण काम गर्न मानेका थिएनन् किनकी उनी सो फिल्ममा कुनै बाहिरिया देखिने डर थियो । दिलीपले अस्वीकार गरेपछि यो भूमिका ओमार शरीफले गरे । त्यसपछि उनी हलिउडमा सुपरस्टार बने ।

यो फिल्म ९६२ मा १० विधामा ओस्कारका लागि मनोनित भयो । जसमा यसले ७ विधामा ओस्कार जित्यो । डेभिडले वेस्ट डाइरेक्टरको ओस्कार जिते भने ओमार शरीफ पनि मनोनित भए ।

फिल्ममा प्रिन्स अलीको इन्ट्रीलाई संसारको सबैभन्दा राम्रो इन्ट्रीका रुपमा रुपमा लिइन्छ । र लरेन्स अफअरेबियालाई संसारै राम्रो फिल्मका रुपमा लिइन्छ ।

यो फिल्ममा काम नगर्ने दिलीप कुमारको निजी बिचार ठिक हुन सक्छ । तर, उनले संसारमै प्रसिद्धि पाउने एक अवसर भने गुमाएका थिए ।

तपाईको प्रतिक्रिया