आधुनिक गीतका लोकप्रिय
गायक हेमन्त चेमजोङ्गको नयाँ आधुनिक गीत ”आज बल्ल”को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गत मंगलबार डश म्युजिक नेपालको यु ट्युब च्यानलबाट रिलिज गरिएको उक्त गीतमा गायक चेमजोङ्गको नै शब्द र संगीत रहेको छ भने विश्व अधिकारीको संगीत संयोजन रहेको छ गीतको म्युजिक भिडियोको क्यामेरा ,सम्पादन र निर्देशन देवजंग थापाले गरेका हुन भने भिडियोमा सुप्रिया कटुवाल,आर के थेबे र रबिन बिस्टको अभिनय रहेको छ। गायक चेमजोङ्गको २ महिना अघि पनि डश म्युजिक नेपालबाट ‘सिरि मा सिरी ‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो । २०५९ सालमा रेडियो नेपालको देशब्यापी खुल्ला आधुनिक गीत प्रतियोगिताको टप १० मा परेर नेपाली सांगीतिक छेत्रमा प्रवेश गरेका धनकुटा स्थायी घर भएका गायक चेमजोङ्गको करिब ३ दर्जन जति गीत रेकर्ड भइसकेका छन।

तपाईको प्रतिक्रिया