लभ स्टेशनको प्रमोसनमा व्यस्त रहेका लोकप्रिय नायक प्रदिप खड्काको लोकप्रियता त देखिँदै नै आएको कुरा हो । युवायुवतीमाझा आफनो राम्रो क्रेज बनाएका प्रदिप अनमोलपछि एक यस्तो नायक हुन जसलाई लिए निर्माताको लगानीसम्म सुरक्षित हुन सक्छ भन्ने मान्यता राखिन्छ । त्यसैले पनि प्रदिपलाई फिल्म बनाउन चाहाने निर्माता निर्देशकहरुको कमी छैन । तर उनलाई मनाउन पनि त्यती सहज छैन । फिल्म छनौट गर्दा फिल्मको लगानी , टिम , नायिका र आफनो पारिश्रृमिक सबै हेर्ने गरेका प्रदिपलाई कबड्डी फेम निर्देशक रामबाबु गुरुङले भने पट्याएका छन् ।

कबड्डी को तेस्रो संस्करणका लागि प्रदिप खड्का पक्का भएका छन् । आगामी माघमा रिलिज गर्ने लक्ष्य राखिएको यस फिल्ममा प्रदिप फरक भुमिकामा देखिदैछन् । प्रदिप अहिलेसम्म लभस्टोरी फिल्ममा देखिँदै आएका छन् तर रामबाबु लभस्टोरीमा पनि फरकधारमा फिल्म बनाउन माहिर छन् । यस्तोमा प्रदिप कबड्डी ३ मा प्रबेश हुदा यसले राम्रो चर्चा कमाएको छ । फिल्ममा दयाहाङ राई पनि हुने भएका छन् । निर्देशक रामबाबुका अनुसार फिल्ममा प्रदिप सहायक भुमिकामा देखिनेछन् । जसको लागि प्रदिपसंग मौखिक सम्झौता भईसकेको उनको भनाई छ ।

 

तपाईको प्रतिक्रिया