म्युजिक भिडियो हुँदै नेपाली सिनेमा क्षेत्रमा प्रबेश गरेका पल शाह एकमात्र यस्ता नायक हुन जसको लोकप्रियता बालबालिका , युवायुवतीदेखि बृद्धबृद्धासम्म पनि देखिएको छ । सुरुवाती दिनमा भिडियो एडिटरको रुपमा काम गर्दे अभिनयमा होमिएका पल आज सिनेमा क्षेत्रमा महंगा नायकहरुको सूचिमा पर्छन् । म्युजिक भिडियोमा त किंग नै मानिएका पल बिषेश गरी युवतीमाझ निकै लोकप्रिय रहेका छन् । उनै पल शाह आज आफनो जन्मदिन मनाउँदैछन् । विभिन्न म्युजिक भिडियो हुँदै नाई नभन्नू ल ४ , म यस्तो गीत गाउँछु , जोनी जेन्टलम्यान र शत्रु गते सम्म आईपुग्दा उनको स्टारडम र फ्यानफलोईङ निकै लोभ लाग्दो छ । भर्खरै मात्र विर विक्रम २ सकेर ह्रदयभरीमा आवद्ध भएका  उनै लोकप्रिय नायक पलले आफनो जन्मदिनको अवसरमा बुधबार सर्लाही जिल्लास्थित एक बाल गृहलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेका छन् ।

 

द्वन्द्व प्रभावित बालबालिकाको उज्जवल भविष्यको कामना गर्दै पलले सहयोग गरेका हुन् ।पलले सर्लाहीको हरिवन नगरपालिका–५ स्थित घुर्कौलीमा रहेको बालगृहमा आश्रीत द्वन्द्वपीडित बालबालिकाको लागि १० बोरा चामल तथा कापी र कलम सहयोग गरेका हुन् । सहयोग प्रदान गर्दै बालबालिकालाई राम्रोसँग शिक्षा आर्जन गरेर भविष्यमा असल तथा दक्ष नागरिक बन्न पलले आग्रह गरेका थिए । यता पललको जन्मदिनमा नायिका आँचल शर्माले मनछुने स्टाटस लेखेकीछिन् ।

सुरुवातदेखि प्रेम सम्बन्धमा रहेको खबरमा सधै लाईमलाईटमा रहेकी आँचलले पललाई शुभकामना दिँदै लेखेकीछिन् “शुभकामना मेरो साथी । तिमी जहिले पनि मेरो अप्ठ्यारो अवस्थामा मेरो छेउमै उभिएका छौ । मलाई थाहा छ, सधै तिमी मेरो साथमा नै हुनेछौ । म तिमी भन्दा एक कल फोनको दुरीमा छु । आशा छ, तिमीले वुझ्नेछौ । तिम्रो जिन्दगी सधै नै रंगिन होस् भन्ने शुभकामना दिन चाहन्छु ।” यी दुईको जोडी पनि पर्दामा निकै रुचाईएको छ । एक अर्का भनेपछि मरिहत्ते गर्ने पल आँचलले भने आफनो प्रेम सम्बन्धलाई नर्कादै आएका छन् । जे होस जन्मदिनको अवसरमा पललाई लाखौँ लाखौँ शुभकामना…

 

तपाईको प्रतिक्रिया