महानायक राजेश हमाल कुनै समय नेपाली सिनेमा क्षेत्रमा एकछत्र राज गरेका हस्ती हुन् । यो क्षेत्रमा यस्तो दिन पनि थियो की जहाँ राजेश हमालको टाउको मात्र राख्दा पनि फिल्म चल्छ भन्ने मान्यता थियो । उनी आफनो समाय कम मात्रामा कन्ट्रोभर्सीमा बस्ने नायक हुन् । तथापी उनको पनि बिवादहरु भने नआएका होईन् । नाङगो तस्बिरदेखि नायिकाहरुलाई नगन्ने , करिश्मा मानन्धरसंगको सम्बन्ध लगायतका कुराहरुले पनि उनी चर्चामा आएका थिए । निकै ढिलो बिवाह गरेका राजेशको प्रेम सम्बन्धको चर्चा पनि नभएका होईनन् । नायिका करिश्मा मानन्धरसंग पनि उनको सम्बन्धको खुबै चर्चा हुन्थ्यो ।

 

कतिसम्म भने बिनोद मानन्धरले फिल्मको सुटिङको क्रममा काम बाहेक राजेशसंग बोल्न पनि नदिने गरेको गसिप पनि निकै आउथ्यो । सुटिङ भन्दा बाह्य कुरामा यी दुईले बोली पनि मिसाउन छाडेका थिए । त्यसोत राजेशको प्रेमको चर्चा बिदेशी महिलाहरुसंग बढि भएको खबरहरु आउने गर्थे । यो कुरा स्वयंम राजेशले पनि स्वीकार गरेका छन् । जीवनसाथी नामक कार्यक्रममा महानायकले आफनो बिवाह भन्दा अघि धेरै युवतीसंग प्रेम सम्बन्ध रहेको खुलासा गरेका छन् ।

उनले कुनै पनि नायिकाहरुसंग प्रेम नरहेको दाबी गरे तर बिदेशी महिलाहरुसंग पनि प्रेम सम्बन्ध रहेको बताएका हुन् । त्यसोत राजेशले सुटिङको समय बिदेशी युवतीहरुलाई ल्याउने गरेको खबर पनि त्यतीबेला निकै चर्चा आएको थियो । सकुन्तला र बाग्मती फिल्म असफल भएपछि उनलाई फिल्ममा काम गर्न खासै मन नभएको बताए । फिल्मको अफरहरु आउने गरेतापनि चित्त बुझदो भुमिका नभएकोले तत्काल फिल्ममा काम नगरेको उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया