काठमाडौं, फागुन ११ । किर्तिमानी गायिका विष्णु माझीले आफुले लिँदै आएको पारिश्रमीक पचास हजारबाट बढाएर एक लाख लिन थालेकी छन । हजारौं गीतमा आफ्नो सुरिलो आवाज दिइ सबै माझ चर्चामा रहेकी माझीको पछिल्लो गीत सालको पात सुपर हिट बने पछि चर्चा झनै चुलिएको थियो ।

विष्णु माझीले पारिश्रमीक बढाएको चर्चा चले पनि यो पुष्टी हुन सकेको थिएन । एक जना कलाकारले नाम नबताउने सर्तमा हामीले एक लाख तिरेउ ।

एक दशक भन्दा लामो समय नेपाली गीत संगीतमा एक छत्र राज गरेकी माझीलाई उनका श्रीमान सुन्दरमणी अधिकारीले नरजबन्दमा राखेको भनेर मिडियामा समेत केहि समय पहिला चर्चा भएको थियो । तर त्यो कुरा त्यसै सेलाएको छ । जुम्लीया छोराकी आमा माझीले अब एउटा गीत गाए बापत एक लाख लिने छिन । सम्भवत यो रकम नेपाली कलाकारहरुले लिने ठुलो रकम भित्र पर्ने छ ।

कतिपय लोकदोहोरीका जानकारहरु भने उनको यो निर्णयले उनैलाई घाटा पर्ने र गीतमा भोकल हाल्नेको संङख्या ह्वात्तै घटने बताउछन । पछिल्लो गीत सालको पात हिट भएसँगै त्यसैको लोकप्रियतालाई क्यास गरेको कतिपयको बुझाइ छ ।

सालको पातमा आवाज दिने पुरुष कलाकार कुलेन्द्र विश्वकर्माले पनि आफुले यस अगाडी लिँदै आएको पारिश्रमीक डवल बनाएको चर्चा छ भने यस विषयमा विश्वकर्माले भने केहि खोल्न चाहेनन् ।

तपाईको प्रतिक्रिया