रोशन पोखरेल , काठमान्डाँै
आफुलाई जन्मदिने बुवा गुमाउनु पर्दाको पिडालाई समेटेर देउडा भाकामा आधारित निकै मार्मिक गीत गायक दिपक विसी संगमको शब्द तथा आवाजमा“बुवाको याद“ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मन भित्रको पिडालाई समेटिएको छ ।
दिपक संगम विसीको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार पारिएको छ । गीतमा परदेशीएको नेपाली युवा र उसको परिवारका सदस्य विचमा भएको माया र स्नेहलाई देखाइएको छ । बासु बरालको छायाँकन , प्रविण रेशमी मगरको सम्पादन तथा भिम थापाको निर्देशन भिडियोमा रहेको छ । बुवाको याद भिडियोमा दिपक संगम विसी , विरही बम र मनमितको अभिनय रहेको छ ।
“बुवाको याद“ गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया