काठमाडौं । नेपाली चलचित्र ‘बिर बिक्रम २’को प्रदर्शन मिति तोकिएको छ । नायक पल शाहको जन्मदिनको अवसरमा चलचित्रको प्रदर्शन मिति तोकिएको हो ।

चलचित्र अर्को वर्षको जेठ ३ गते रिलिज गर्ने निर्माणपक्षले जनाएको छ । युवा पुस्ताको प्रेम कथालाई मुख्य विषय बनाइएको चलचित्र चाम्स इन्टरटेनमेन्ट र लण्डन सिनेआई प्रोडक्सनको संयुक्त प्रस्तुतीमा बनेको यो चलचित्रमा प्रदीप भारद्वाजको कथा रहेको छ ।

मिलन चाम्स निर्देशित चलचित्रमा पलसँगै बर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्दी तामाङ, देशभक्त खनाल, बिनिशा भण्डारी, बिनोद सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ । त्यस्तै चलचित्रमा बाल कलाकार मनिष लिम्बुको पनि बिशेष अभिनय रहेको छ ।

चलचित्रमा रञ्जित गज्मेर, राजनराज सिवाकोटी र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । चलचित्रर्ला सुदीप बरालले छायांकन गरेका छन् ।

तपाईको प्रतिक्रिया