भनिन्छ ठुला ठुला कलकारहरुलाई एकसाथ पर्दामा ल्याउनु फलामको चिउरा चपाउनु जस्तै हो । एकअर्कासंगको प्रतिष्पर्धा , पारिश्रृमिक र स्टारडमको लडाईका कारण पनि चर्चित नायकहरु एक अर्कासंग काम गर्न त्यती खोज्दैनन् । गरी हाले पनि गेस्ट अपिरियन्समा चाहे त्यो हलिउड होस या फेरी बलिउड । त्यसो त चर्चित नायकहरु एकसाथ कामै नगरेका भने चाही छैनन् । जस्तो की कुनै समय राजेश हमाल , निखिल उप्रेती र बिराज भट्ट एक अर्काका प्रतिष्पर्धी थिए तर पनि यी स्टारहरुलाई पर्दामा एकसाथ उर्तान निर्माता निर्देशकहरु सफल भए तर अहिलेसम्म वर्तमान समयका चर्चित नायकहरु अनमोल केसी , प्रदिप खड्का , पल शाह लगायतलाई एकसाथ कास्ट गर्न सक्न कोही सफल भएका छैनन् । त्यसोत यही परिकल्पना गर्ने फिल्मीकर्मीहरुको भने कमी छैन ।

यी नायकहरुले पनि एकसाथ काम गर्न तयार रहेको बताउँदै आएका छन् । केही समय अगाडी प्रदिप र पलले एकसाथ काम गर्न तयार रहेको बताए भने अनमोलले पनि यस कुरामा तयार रहेको बताउँछन् । जन्मदिनको कार्यक्रममा पनि पलले सिनेमा उद्योगको बिकासका लागि आफु प्रदिप अनमोलको फिल्ममा आफु भिलेन पनि बन्न तयार रहेको बताएका थिए । तर यी नायकहरुलाई एकसाथ काम गर्न सहज भने छैन । स्क्रिप्टदेखि पारिश्रृमिकसम्ममा निकै चुजी यी नायकहरुलाई एकसाथ काम गर्न मुख्यरुपमा पारिश्रृमिक कै कुरा अगाडी आउँछ ।

सिनेमा क्षेत्र निकै सानो छ यस्तो महंगो पारिश्रृमिक लिने यी नायकहरुलाई कास्ट गर्नु चानचुने कुरा भने होईन । हालै प्रदिपले अनमोलसंग काम गर्न तयार रहेको भन्दै पारिश्रृमिक लिएर नै काम गर्न असम्भव नै रहेको बताए । उनका अनुसार निर्माताको ५० प्रतिशत र आफनो र अनमोलले २५ -२५ प्रतिशत सेयरमा काम गर्नु पर्ने बताए । नायकहरुलाई पारिश्रृमिक दिँदा १ करोड नै जाने भन्दै यदि सब कुरा मिलेको खण्डमा यसरी काम गर्न सक्ने प्रदिप बताउँछन् । प्रदिपको प्रस्ताव आफैमा पनि सकरात्मक छ तर यी दुईलाई लिएर फिल्म बनाउने हिम्मत कसले गर्ला ?

तपाईको प्रतिक्रिया