धरान, फागुन  १४ ।
धरानको धरान सभा गृहमा हाम्रोे सुर सरगमको आयोजनामा चैत्र २३ गते धरान उपमहानगरपालिकाका मेयर बाट बृहत सांगीतिक कार्यक्रम हुने भएको छ ।
साँगीतिक कार्यक्रममा अहिलेका चर्चित गायक  कुशल थलङ राई , बरिष्ट संगितकार ओम प्रकाश राई , हास्य कलाकार उमेश राई (फुलन्देको आमा ), गायक तथा संगीतकार महेन्द्र राई ,गायिका दिपा तामाङ लाई आमन्त्रित गरिएको समुहका अध्यक्ष चन्द्र सोताङ राईले जानकारी दिए ।
सो कार्यक्रममा चर्चित कलाकारको साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । सामाजिक संजालमा एकता बद्ध भएर विभिन्न समयमा सो समुहले विभिन्न सामाजिक काम गदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया