काठमाडौँ – सेलिब्रिटीले आफ्नो उमेर लुकाउने दिन अब गए ।आज नेपाली सिने जगतकी सर्वाधिक चर्चित नायिका प्रियंकाको ३२ औ जन्मदिन परेको छ । नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेत्री मध्य प्रियंका पनि पर्छिन् ।अभिनेत्रि प्रियंकाले फिल्मको सानो भूमिका होस् या म्युजिक भिडियो उनि सबैलाई उत्तिक्कै महत्व दिन्छिन् । उनी बुबा भुपेन्द्र र आमा रक्षाबाट २०४४ साल फागुन १५ गते काठमाडौँमा जन्मिएकी हुन् ।

 

चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी प्रियंकाले धेरै चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनले विभिन्न अवार्डहरु पनि जितिसकेकी छिन् ।प्रियंकाले डेढ वर्षको प्रेम पश्चात केहि समय अघि मात्र प्रेमी आयुष्मान देशराज जोशीसंग इन्गेजमेन्ट गरेकी हुन् । यि दुई अर्को वर्ष विवाह बन्धनमा बाधिदै छन् ।

तपाईको प्रतिक्रिया