भारत र पाकिस्तानबीचको लडाइको कारण भारतीय र पाकिस्तानी कलाकारहरुबीच सामाजिक सञ्जालमा लडाई नै परिरहेको छ । स्वभाविक नै हो कर्मस्थल जुन भए पनि जन्मभुमिको माया छुट्टै हुन्छ त्यसैले बलिउडमा काम गरिसकेका पाकिस्तानी कलाकारहरुले भारतको बिरुद्धमा आवाज उठाईरहेका छन् भने बलिउड कलाकारहरुको पाकिस्तानको बिरोध गर्दे तीनका कलाकारहरुमाथि बलिउडमा प्रतिवन्ध लगाउनु पर्ने बताईरहेका छन् । यसैबीच भारतको प्रशंसा गर्दा बलिउडका चर्चित गायक अदनान सामीमाथि गालीको बर्षा भईरहेको छ ।

अदनान सामी कुनै समय पाकिस्तानका नागरिक थिए । तर बलिउडमा आफनो सिक्का जम्न थालेपछि उनले भारतीय नागरिकताका लागि सिफारिस गरेका थिए । अन्तत उनले सन् २०१५ मा पाकिस्तानी नागरिकता त्याग्दै भारतीय नागरिकता पाएका थिए । उनै अदनानले भारतीय वायु सेनाको पराक्रमको प्रशंसा गर्दे मोदीलाई धन्यवाद दिँदै ट्वीट गरेपछि पाकिस्तानमा हंगामा नै मच्चियो । उनले त्यस्तो ट्वीट गरेपछि बलिउडमा समेत काम गरिसकेका इमरान अब्बासले समेत खुबै आलोचना गरे ।

अदनानको साथी समेत रहेका इमरान अब्बासले आफनै जन्मभुमिलाई गाली गर्न कसरी सकेको भन्दै आलोचना गरे । उनले लेखेका छन् “अदनान तिमी जुन पाकिस्तानलाई गाली दिईरहेका छौ जहाँ तिमी बसिरहेका छौ । तिम्रो बुवा पनि पाकिस्तानी वायुसेना विमानको पाईलट थिए । उनले युद्ध लडेका छन् । तीनै बुवाको सन्तानले आफनो मातृभुमिलाई यसरी कसरी गाली दिन सक्छ ? अदनान तिमीले दुबै देशको शान्तीका लागि ब्राण्ड एम्बेस्डरको भुमिका निर्वाह गर्न सक्थ्यौ तर त्यस्तो गरेनौ” । त्यतीमात्र होईन अदनानले गरेको ट्वीटको कारण उनी पाकिस्तानमा ट्रोलको सिकार बनेका छन् । उनलाई पाकिस्तानी जनताले गद्धारको संज्ञा दिएका छन् ।

तपाईको प्रतिक्रिया