आज पाकिस्तानले नियन्त्रणमा लिएको भारतीय लडाकु विमानका पाईल अभिनन्दनलाई रिहा गर्देछ । शान्तीको सन्देश दिन पाकिस्तानले आफनो भुमिमा आक्रमण गर्न आउने अभिनन्दनलाई रिहाई गर्न लागिएको खबरले पाकिस्तानको यतिबेला चौतर्फी चर्चा भईरहेको छ प्रशंसा भईरहेको छ । आफै भुमिमा आक्रमण गर्न आएका दुश्मनलाई ठुलो छाती बनाएर रिहा गर्नु चानचुने कुरा पक्कै होईन । अभिनन्दनको रिहाई हुने भएपछि बलिउडसंगै पाकिस्तानी कलाकारहरु पनि खुसी भएका छन् ।बिषेशगरी पाकिस्तानी कलाकारहरुले आफनो देश र सेनाले गरेको निर्णयको उच्च प्रशंसा गरेका छन् ।

पाकिस्तानी कलाकार जमाल शाहले भारतीय मिडियासंग कुरा गर्दे भने “यदि म भएको भए पनि यस्तै गर्थे । पाकिस्तानी जनताहरु पनि यही चाहान्थे की अभिनन्दनलाई रिहा गरियोस” । उनले बलिउडमा पाकिस्तानी कलाकारहरुमाथि लगाईएको अघोषित प्रतिबन्धबारे बोल्दै भने “कला र संस्कृती भनेको एउटा यस्तो माध्यम हो जसमा फरक फरक देशका मानिसहरुले पनि एकअर्कालाई नजिकको महसुस गर्छन् । कला नै एउटा यस्तो पुल हो जसले एक अर्काबीच भएको दुरीलाई कम गर्ने गर्छ” । यसैगरी बलिउड फिल्ममा समेत अभिनय गरिसकेका पाकिस्तानी गायक तथा नायक अलि जफरले पनि अभिनन्दनको रिहाईमा खुसी व्यक्त गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन् “मलाई मेरो देश , सेना र यहाँका जनताप्रति गर्व छ । विश्वभर नै नयाँ पाकिस्तानको परिचय बनिरहेको प्रमाणित भईरहेको छ । हामी शान्ती चाहान्छौ , उन्नती गर्न चाहान्छौँ “। यसै बलिउड फिल्ममा समेत काम गरिसकेकी विना मलिकले पनि यसबारेमा ट्वीट गरेकीछिन् । अभिनन्दन प्रक्राउ पर्दा नकरात्मक टिप्पणी गरेकी उनले रिहाई हुदा भने अभिनन्दनको प्रशंसा गरेकीछिन् ।

 

उनले लेखेकीछिन् “जुंगाको यो नयाँ स्वरुप मैले अहिलेसम्म देखेकी थिईन्” । यी कलाकारहरु बाहेक पाकिस्तानका चर्चित भन्दा चर्चित कलाकारहरुले अभिनन्दनको रिहाईमा खुसी व्यक्त गर्दे आफनो देशमाथि गर्व महसुस भएको उल्लेख गरेका छन् । यता अभिनन्दनको रिहाईको निर्णयबाट बलिउड कलाकारहरु पनि खुसी भएका छन् । यतिबेला भारतका अधिकांश जनता र अभिनन्दनका परिवार उनलाई लिन सिमा क्षेत्रमा झण्डासहित उपस्थित भईसकेका छन् ।

तपाईको प्रतिक्रिया