छक्का पञ्जा ३ , जय भोले र प्रसादपछि हलमा दर्शकहरुको उपस्थिती निकै उराठ लाग्दो छ । केही दिन अघि मात्र हल मालिकहरुले दर्शक नभएर झिँगा धपाएर बस्नु परेको बताएका थिए । हुन पनि यी फिल्महरुपछि रिलिज भएका कुनै पनि फिल्महरुले दर्शकहरुको साथ पाउन सकेन । सोही कारण पनि कतिले के हलमा दर्शकहरु आउन छक्का पञ्जा टिमको फिल्म र अनमोल , प्रदिप र पलकै फिल्म चाहिने हो भन्ने सम्मको टिकाटिप्पणीहरु भए । यस्तै चर्चाकाबीच आजबाट नेपाली सिनेमा क्षेत्रमा निकै प्रतिक्षामा रहेको फिल्म क्याप्टेन रिलिज भएको छ । सोही फिल्मसंग प्रतिष्पर्धा गर्दे हेमराज बिसीको फिल्म ब्रेकअप पनि एकसाथ रिलिज भएको छ ।

अनमोल केसी , डेब्यु नायिकाहरु उपासना सिंह र प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतको मुख्य भुमिका रहेको फिल्म क्याप्टेन पछिल्लो समय निकै चर्चामा रहेको फिल्म हो । फिल्मको टे«लरदेखि गीतसम्म दर्शकहरुले निकै रुचाएका थिए । रहर छ संगै र कर्ली कर्ली कपाल बोलको २ गीत लामो समय टेन्डिङमा समेत परेको थियो । फुटबल खेलाडी बन्न चाहाने युवकको कथालाई समेटिएको यस फिल्मलाई लिएर अनमोल आफै पनि निकै आसावादी छन् भने व्याक टु व्याक हिट फिल्म दिएका उनीमाथि त्यही सफलता दोहो¥याउन दबाब र चुनौती छ । फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन भने दिवाकर भट्टराईले निर्देशन गरेका छन् ।

उता होस्टल , गाजलु , जेरी जस्ता फिल्म निर्देशन गरिसकेका हेमराजको फिल्म ब्रेकअप पनि चर्चामा नै रहेको फिल्म हो । फिल्मको गीतदेखि टे«लरसम्म बलिउड शैलीमा निर्माण भएको भन्दै खुबै चर्चा भएको थियो भने फिल्ममा नायक आशिरमान देसराज जोशी र नायिका शिल्पा मास्केको किसिङ सीनले पनि फिल्मलाई थप चर्चा दिएको थियो । लगातार हिट फिल्म दिईरहेका हेमराजको ब्रेकअपले पनि दर्शकको साथ पाउने अनुमान गरिएको छ । दुई फिल्म एकसाथ रिलिज हुदा दर्शकहरु बाढिने गर्छन् तथापी २ फिल्म एकसाथ चल्दा पनि दुबै फिल्मले दर्शकहरुको साथ पाएको रेर्कडहरु रहेका छन् ।

यस्तोमा यी २ फिल्मध्ये कसले बाजी मार्ला भन्ने कौतुहल्ता भने दर्शकहरुमाझ देखिएको छ । नेपालकै ठूलो र स्तरीय मल्टिप्लेक्स च्यानल क्यूएफएक्सले राजधानीका ५ स्टेशनमा क्याप्टेनलाई १६ सोज पाएको छ भने ब्रेकअपले मल्टिप्लेक्सहरुमा औषत सोज पाएको छ । पहिलो दिन क्यूएफएक्सले राजधानीका ५ स्टेशनमा ब्रेकअपलाई १० सोज दिएको छ । साथै फिल्मले क्याप्टेनको तुलनामा सिंगल स्क्रिनमा कम सोज पाएको छ तर पट्यारलाग्दो भने छैन । माउथ पब्लिसिटीपछि फिल्मले अझै सोज पाउने निर्माण टिमको विश्वास छ ।

तपाईको प्रतिक्रिया