मुम्बइ। बलिउड स्टार मोहनिश बहलकी छोरी प्रनुतन बहल र जहिर इकबालको डेब्यू फिल्म नोटबुकको गीत ‘मैं तारे’ सलमान खानले गाउने भएका छन् । यसअघि यो गीत पाकिस्तानी गायक अतिफ असलमले गाउने तय भएको थियो तर पुलावामा आतंकवादी आक्रमणपछि पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाइँदा यो गीत सलमा खानले गाउने भएका हुन् । नोटबुकको निर्माण टिमले यसको घोषणा गरेको छ ।

यो गीत अतिफ असलमको आवाजमा रेकडी भइसकेको थियो तर अब यसलाई पुनः रेकर्ड गरिनेछ । रिपोर्टका अनुसार फिल्मको निर्माण टिक लामो समयदेखि यो गीतको लागि आतिफ असलमको विकल्प खोजिरहेको थियो । सलमान खान यो फिल्मका निर्माता पनि भएकोले अन्ततः यसका लागि सलमानलाई रोजियो । सलमान अर्को महिना दबंग टुरको लागि दुबइ जानुभन्दा पहिले यो गीत रेकर्ड गर्नेछन् । फिल्म २९ मार्चमा रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया