अनमोल केसीसंग फिल्म खेलेपछि ती नायिकाहरुको चर्चा भने निकै हुने गर्छ । कतिसम्म अनमोलकी नायिकाहरु सिनेमा क्षेत्रमा लक्की साबित हुन्छन् भन्ने समेत गरिन्छ । अनमोलसंग काम गरेका नायिकाहरु चर्चाको हिसाबमा पनि उनीहरु निकै अगाडी छन् भने कोही हिट पनि । यस्तै लिस्टमा थपिएकीछिन् अर्की नायिका उपासना सिंह ठकुरी । क्याप्टेनबाट डेब्यु गरेकी उपासनाको पहिलो फिल्म रिलिजको केही दिनभित्र नै उनले महत्वपुर्ण फिल्म हात पारेकीछिन् ।

क्याप्टेनमार्फत राम्रो प्रशंसा बटुलेकी उपासनालाई सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको छ । सोही कारण पनि उनले प्रदिप खड्का जोडिएको फिल्म कबड्डी ३ हात पार्न सफल भएकीछिन् । डेब्यु नै राम्रो व्यानरबाट गरेकी उपासनाले दोस्रो फिल्मको रुपमा पनि राम्रो व्यानर पाएकीछिन् । व्यानरमात्र होईन उनले अब प्रदिप खड्का , दयाहाङ राई र निर्देशक रामबाबु गुरुङ जस्ता निर्देशकसंग काम गर्ने मौका पाएकीछिन् ।

क्याप्टेनमा गाउँकी युवतीको भुमिकामा देखिएकी उपासनाको अभिनयसंगै सुन्दरताको पनि चर्चा भईरहेको छ । उनी फिल्ममा लगभग पक्का नै भएको बुझिएको छ । यस पटक भने फिल्ममा नायिका रेश्मा गुरुङ नदोहोरिने पक्का जस्तै देखिएको छ । यदि सब ठिकठाक रहे उपासनाको जोडी प्रदिपसंग जोडिने पक्का छ ।

तपाईको प्रतिक्रिया