पछिल्लो समय नेपाली युवायुवतीहरुले गायन तथा नृत्य क्षेत्रमा अन्तराष्ट्रिय मञ्च खोज्ने क्रम बढ्दो छ । पछिल्ला केही बर्ष यता भारतीय चर्चित रियालिटी शोहरुमा नेपालीहरुको उपस्थिती निकै हुने गरेको छ । भारतीय शोहरुमा नेपालीहरुले देखाएको चमत्कारी प्रर्दशनपछि आजभोली भारतीय टिभी च्यानल नै नेपालीहरु बिना शो नै अधुरो हुने मान्यता राख्ने गर्छ । एकातिर शोको चर्चा हुने र अर्काेतिर टिआरपी (टेलिभिजन रेटिङ प्वोईन्ट) पनि बढ्ने भएपछि ती शोहरुमा नेपालीलाई सकेसम्म राख्नै पर्ने नीति बनाउदै आएका छन् । आजभोली प्राय भारतीय शोहरुमा नेपालीहरु हुन्छन् हुन्छन् । यसैबीच जिटिभीबाट प्रसारण हुँदै आएको सारेगमप लिटिल च्याम्समा नेपालका २ बालकहरुले चर्चा कमाईरहेका छन् ।

इटहरीका प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले आफनो दमदार प्रस्तुतीको कारण पनि नेपालीहरुको मात्र होईन भारतीयहरुको पनि मन जितिरहेका छन् । यी दुबैले शोमा उत्कृष्ट प्रस्तुती दिईरहेका छन् । तर प्रितमले मेघा अडिसनमा दिएको प्रस्तुतीको चर्चा भने यतिबेला बलिउडमा पनि हुन थालेको छ । मेघा अडिसनमा उनले ‘बोर्डर’ फिल्म “सन्देशा आते है” गीत गाएका थिए । जुन गीत गाउदा जज तथा जुरी मेम्बरहरु समेत रोएका थिए । देशभक्ती भावले भरिएको उक्त गीत यसरी गाएका थिए की यसको प्रशंसा बलिउडका चर्चित कलाकारहरुले पनि नगरी बस्न सकेनन् ।

प्रितमले गाएको सो गीत बोर्डर फिल्ममा समेत अभिनय गरेका सुनिल शेट्टीले सेयर नगरी बस्न सकेनन् । उनले सानो शब्दमा भए पनि प्रितमको प्रशंसा गरेका छन् । सुनिल बलिउडका चर्चित नायक हुन । सामाजिक सञ्जालमा उनको लाखौँ फ्यानहरु रहेका छन् । यस्तोमा उनले प्रितमको बारेमा लेखेका शब्द र गाएको भिडियो सेयर गर्नुले प्रितमका लागि पनि ठुलो अर्थ राख्न सक्छ । यता प्रितमको गायिकीबाट नै प्रभावित भएका अर्का नायक अर्जुन कपुरले समेत सो भिडियो सेयर गरेका छन् । यसैगरी कमेडी फिल्ममा नेपाली दर्शकहरुले समेत रुचाएका नायक रितेष देशमुखले समेत प्रितमको प्रशंसामा शब्द खर्चिएका छन् ।

उनले प्रितमलाई लाईभ सुन्दा पाउदा खुसी व्यक्त गरेका छन् । मेघा अडिसनपछि शोमा टोटल धमालको प्रमोसनको समय जाँदा प्रितमलाई लाईभ सुनिसकेका छन् । त्यसैले पनि उनले प्रितमको प्रशंसा गरेका हुन् । यता सोनु निगमले पनि प्रितमको प्रशंसा गरेका छन् । शोमा प्रितमले गाईसकेपछि सोनुले प्रितमका लागि प्रशंसासहित शब्द खर्चिएको भिडियो देखाईएको थियो । त्यस बाहेक उनले यसअघि पनि सामाजिक सञ्जालमा प्रितमको बारेमा प्रशंसा गरेका थिए । यसरी भारतीयहरुको समेत मन जित्दै नेपालका ११ बर्षका यी बालकले नेपाल र नेपालीहरुको प्रतिनिधित्व गरिरहेका छन् । प्राय नेपाली ढाका टोपीका साथ पर्दामा देखिने गरेका प्रितमलाई देखेर गर्व नगर्ने नेपालीहरु कमै होलान् ।

तपाईको प्रतिक्रिया