काठमाडौ – पछिल्लो समय देश बाहिरका बिभिन्न रियालिटी शोमा भाग लिँदै नेपाली प्रतिभाले देशलाई नै चर्चामा ल्याएका छन्।नेपाली प्रतिभाको कुरा गर्दै बढी मात्रामा छिमेकी देश भारतमा हुने रियालिटी शोमा भाग लिएका हुन्छन्। उनीहरूले आफू मात्रै हैन देशलाई नै चर्चमा ल्याएका छन्। नेपालका प्रितम आचार्य र आयुष केसीले आफ्नो प्रस्तुतिले जज र जुरी मेम्बर सबैको मन जित्न सफल भएका छन्।नेपालका इटहरी निवासी प्रितम आचार्य पछिल्लो समय निकै चर्चामा छन् ।

उनी चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्स २०१९ भाग लिँदै नेपालको नाम उच्च राख्न सफल भएका छन् ।उनले चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्समा नेपालको ईटहरीबाट कक्षा ७ मा पढ्ने प्रितम आर्चायले पनि तहल्का मच्चाइरहेका छन् ।प्रितमले गाएको गीत ुसंदेसे आते हैु मा प्रतिक्रिया दिँदै बलिउड कलाकार सुनिल सेट्टी प्रितमको प्रशंसा गरेका छन्। त्यस्तै अन्य बलिउड कलाकारले पनि प्रितमको प्रशंसा गरेका छन्।

तपाईको प्रतिक्रिया