काठमाडौँ । नायिका निरुता सिंहलाई डेंगु रोग देखिएको छ । उनलाइ डेंगु रोग लागेपछि उनको भारतमा उपचार भइरहेको छ । पछिल्लो समय चलचित्र क्याप्टेनको ‘कर्लि कपाल’ बोलको गितबाट चर्चामा आएकी उनी अहिले भारतमा उपचार गराइरहेकी छिन् । नायिका निरुता सिंहले ‘कर्लि कपाल’ बोलको गीतमा अभिनय गरेपछी उनको नृत्यको चौतर्फी चर्चा भइरहेका छ । हाल उनलाई डेंगु रोग लागेपछि हाल भारतमा उपचार थालिएको बताइएको छ

वरिष्ट चलचित्र निर्देशक तुलसी घिमिरेको दक्षिणा चलचित्रबाट करियर सुरु गरेकी नायिका निरुता सिंह पछिल्लो समय भारतमा रहेर बेला बेला नेपाल आउने जाने गरिरहेकी छिन् । चलचित्र ‘यात्रा’ को ‘चट्ट रुमाल’ बोलको गितको रिमेक गरिएको जानकारी गराउन उनि अनुपस्थित हुदा संचारकर्मी तथा होस्ट नरेश रेग्मीले आफुलाई निरुताले फोन गरेको र उनले डेंगु लागेको बताएको कुरा जानकारी गराए ।

तपाईको प्रतिक्रिया