राजु बोहरा–काठमाडौँ । हाल रोजगारीको सिलसिलामा साउदी अरब रहेका कुल बहादुर राम्जाली मगरले एक निकै मन छुने गीत बजारमा ल्याएका छन् । उक्त गीत “रोएर थाकिन” बोलको रहेको छ । कुल बहादुर राम्जालीको साथमा यो गीत हिमाल मगरको पनि संयुक्त प्रस्तुति हो । आफुले माया गरेको मान्छे आफ्नो मन बाट टाढा भएपछीको वियोगान्त कथावस्तुमा आधारित यस गीतमा देवी घर्ति र बिशाल सोनीको सुमधुर स्वर सुन्न सकिन्छ ।

प्रस्तुत गीतलाई लय  भरेका छन् । गीत निकै कर्णप्रिय बनेको छ र गीतको मिठासता संगै म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियो बिमल अधिकारी र सारिका के.सी को घत लाग्दो अभिनय देख्न सकिन्छ । “रोएर थाकिन” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन दिपक बिस्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया