राजु बोहरा–काठमाडौँ । बिगत निकै लामो समय यता देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहंदा गायक तथा सर्जक मौसम गुरुङ काठमान्डौमा नै रहेर अन्य आफ्नी दैनिकीलाई पनि सम्हाली रहेका छन् ।  यसरी काठमान्डौको खाल्डोमा रहंदा निसासिएको मनलाई केहि दिन भए पनि फुरुंग पार्न उनि आफ्नै जिल्ला गोर्खा जिल्लाको खैरेनी डांडा गाउँकि सोल्टिनीहरु संग कौरा लगाउन जाने भएका छन् ।

गीतको प्रसंग अनुसार गायक मौसमलाई सोल्टिनीहरुले नचाएर थकित बनाउने भएका छन्  ।  उनि वास्तविक रुपमा नै खैरेनी डांडा गाउँ अहिले नगएता पनि एक गीतको माध्यमबाट आफ्नै गाउँ वस्तीमा पुग्ने भएका छन् ।  गायक मौसम मात्र होइन याम थापा मगर र माया मगरको यो कौरा गीत बैना सुनिसके पछी जो कोहीलाई पनि आफ्नै गाउँवस्ती र कुना कन्दरा पुगेको महसुस हुन्छ ।

प्रस्तुत गीतमा मौसम गुरुङ, शरु थापा र माया मगरको सुमधुर स्वर सुन्न सकिन्छ ।  हाल प्रबासमा रहेका बहुप्रतिभासाली सर्जक रमेश परियार द्वारा लय तथा शब्द सिर्जना भएको यस गीतको म्युजिक भिडियोमा मौसम अन्य धेरै साथीहरु संग देखिएका छन् ।  भिडियोलाई निर्देशन मनांग गुरुङले गरेका हुन् भने छायांकन करन चैंसिर र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया