काठमाण्डौ फागुन २४ – सालको पातबाट इतिहास कायम गरेका संगीतकार गायक तथा मोडेल बसन्त थापाले फेरि आर्को जादुमयी दोहोरी गित बजारमा ल्याएका छन् । बसन्त थापाको संगीत, सब्दमा बसन्त, रबि र जुना श्रीसको आवाजमा कुलेन्द्र बिश्वकर्मा, राम्जी खाण र बसन्त थापा अनि जहन्वी बस्नेत द्वारा अभिनय गरिएको “जाम सुस्तै” ले एक घन्टा नबित्त्दै दश हजार भियर्स बटुलेको छ । नेपाली गित संगीतको इतिहासमा सबै भन्दा बढी भियर्स बटुल्ने फ्लिमी गित कुटुमा कुटु सुपारी दाना, करिब दश करोड पुग्दै छ भने उक्त गित चौध महिना पहिला अप्लोड गरियको थियो ।

समय क्याल्कुलेसन गरेर हेर्ने हो भने सालको पात अग्रस्थानमा देखिन्छ । लोक दोहोरी गित प्रती दर्शक श्रोताहरुको मन अघाउदै आएको अबस्थामा थापाले आफ्नो संगीतलाइ पुनः फ्लिमी गित संग प्रतिस्पर्धा गरेर दर्शकको मन डाइभर्ट गरेका छन् । दोहोरी गितमा अभिनय गर्न नमान्ने फ्लिमका नायिकाहरु पनि आजकल थापाकै गितमा टिकटक गर्छन भने फ्लिमका निर्माताहरु पनि थापा संग प्रभावित भयका छन । यस  कारण थापाले अब छिट्टै फ्लिमका गितहरुमा संगीत भर्न सक्ने सम्भावना देखिन्छ । यसो भएमा जताततै लोक दोहोरी गित कै बर्चस्व रहने छ । थापा र थापाको सम्पुर्ण टिमलाइ हाम्रो अन्लाइनको तर्फबाट सुभकामना छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया