आर पोखरेल, काठमान्डाँै , फागुन २५
बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको नेपाली कथानक चलचित्र ” सत्यम शिवम सुन्दरम” सन्तोष प्रगाढ को संगीत र गायिका नित्याशिवा,सन्तोस प्रगाढ ,इन्दिरा जोशी को अवाजमा सजिएको गीत सगैँ आफनो चलचित्रको छायाँकन पुरा भएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए ।
उनका अनुसार चलचित्रमा नव नायिका कृति क्षेत्री ले चलचित्रमा नव नायिकाको रुपमा नेपाली सिने जगतमा पाइला चालेका छन । उनीहरुको साथमा सो चलचित्रमा बिमला गिरी ,राजन महर्जन धनराज सुब्बा , अन्जना श्रेष्ठ , रिचा भण्डारी ,सुजित यादव,ज्ञानेन्द्र चेम्जोङ, कृष्ण कुमार घलान ,रमेस घतानी र निशा भुजेल को अभिनय रहेको समेत उनले बताए ।
नरेश ऐर को छायांकन देव महर्जन को द्वन्द, राजन महर्जन र सुरेस पाण्डे को नृत्य बिपिन कटुवाल को शृङार रहेको छ । सपना देख्ने हरु को सपना पूरा हुन्छ कि हुदैन भन्ने मुख्य आशयलाई चलचित्रमा समावेश गरिएको छ । आगामी हरितालिका तिजमा सो चलचित्रलाई प्रद्र्धशन गर्ने समेत निमार्ण पक्षले बताएको छ ।

तपाईको प्रतिक्रिया