राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरु माझ स्थापित नाम प्रह्लाद सुबेदी जस्ले बिगत निकै लामो समय यता यस क्षेत्रमा समर्पित रहेर धेरै गीत संगीतहरु अशंख्य आफ्ना श्रोता एवं दर्शकहरु माझ पस्किसकेका छन् ।  उनले आफ्नो सांगीतिक यात्राको निरन्तरता स्वरूप अहिले पनि बिभिन्न गीत संगीतहरु बजारमा ल्याइरहेका छन् ।  सोहि क्रममा यति बेला प्रह्लाद सुबेदीले आफ्नै र प्रेम क्षेत्रीको लय सृजनामा प्रेम क्षेत्री र निश्चल क्षेत्रीको संयुक्त प्रस्तुति “फुलको बोटैमा” बोलको गीत आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरेका छन् ।

प्रस्तुत गीतमा राम्जी खांद र सरिता श्रीष मगरको सुमधुर स्वर सुन्न सकिन्छ ।  यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेर अहिले डिजिटल बजारमा यत्रतेत्र मात्रामा रहेको छ ।  भिडियोमा बबिता श्रेष्ठ, लोमस शर्मा र गोबिन्द बिबसको अभिनय देख्न सकिन्छ ।  “फुलको बोटैमा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन कुमार के.सी ले गरेका हुन् भने छायांकन महेश महरा र सम्पादन बिजय तिखातारिले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया