काठमाडौं – भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्पमा नेपालका आयुष केसीले दमदार प्रस्तुती दिएका छन् । नेपालका १२ बर्षका आयुष केसीले सारेगमपामा नेपालको नाम चिनाउन भरपुर प्रयास गरेका छन् । नेपालका १२ बर्षका आयुष केसी सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने गर्छन् । अहिले आयुष केसी विश्वभरि नै चर्चामा आइरहेका छन् । जी टिभीले रिलिज गरेको आयुषको प्रस्तुति सामाजिक सन्जाल र डिजिटल मिडियामा भाईरल भइरहेको छ ।

उनी नेपालमै २ वर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा प्रथम भएका थिए। आयुषले सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीसंग संगीतको प्रशिक्षण लिई रहेका छन् ।आयुष केसीले धमाकेदार प्रस्तुति दिएर फेरी एक पटक जज र दर्शकको मन जित्न सफल भएका छन् ।

तपाईको प्रतिक्रिया