राजु बोहरा–काठमाडौँ । केहि समय अघि सम्म नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा मौलिकता हराउंदै गयो भन्ने किसिमको गुनासो चारैतिर बाट आइरहेको बेला पछिल्लो पटक आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ धेरै गीतहरु बजारमा आइरहेका छन् ।

सोहि क्रममा बिन्ध्यबासिनी म्युजिक प्रालिले मेनुका सोनीको लोक दोहोरी गीत “आउनु माया रोधिमा” बोलको गीत पनि भर्खरै बजारमा ल्याएको छ । गीतको भिडियो हेर्दा आफु बिस्वको जुनसुकै कुना कन्दरामा भए पनि आफ्नै गाउँवस्तीमा रहेको महसुस दिलाउने यस गीतको म्युजिक भिडियोमा गोबिन्द बि.सी र मेनुका सोनीको आकर्षक अभिनय देख्न सकिन्छ ।

सुजन परियार र मेनुका सोनी द्वारा स्वर बद्ध यस गीतलाई लय चन्द्र बि.क र शब्द निर्मला बि.क ले भरेका छन् । “आउनु माया रोधिमा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन चित्र मास्की मगरले गरेका हुन् भने छायांकन शम्भु चालिसे र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया